भूटान गजल मञ्चले अमेरिकाको क्लेयरटनमा ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम गर्दै

0
489

साउन २७/

भूटान गजल मञ्चले अमेरिकाको क्लेयरटनमा ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम हुने भएको छ । आगामी अगष्ट २१ तारिखका दिन भूटानी स्रष्टा सबीन शर्माको गजल संग्रह ‘‘ऐना अघि उभिएर’’ र धर्मेन्द्र तिम्सिना ‘‘क्षितिज’’ को कविता संग्रह ‘‘आवाजहरुको जुलुस’’ माथि पुस्तक चर्चा र रचना वाचन हुने भएको हो । 


दुवै स्रष्टाहरू बिगत लामो सयमदेखि नेपाली साहित्यमा कलम चलाउँदै आउनु भएको छ । दुवै कृतिहरुको विश्व भूटानी साहित्य सम्मेलन जिविएलओको आयोजनामा भर्खरै ह्यारिसवर्गमै सम्पन्न भएको ‘बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठानमा’मा विमोचन गरिएको थियो । उक्त सिर्जनात्मक अनुष्ठानमा साहित्यकार तथा भारत सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ र समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले विमोचन गर्नु भएको थियो ।


भर्खरै विमोचन भएका दुवै कृति माथि भूटान गजल मञ्चले पुस्तकको चर्चा र रचना वाचनको कार्यक्रम राखेको भूटान गजल मञ्चका संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।   साथै, भूटान गजल मञ्चले अन्य कृतिहरूमा पनि यस्ता कार्यक्रम गर्ने भएको छ। यो श्रृङ्खला चलिरहने साथै भूटान गजल मञ्चले चाँडै “संयुक्त गजल सङ्ग्रह” पनि प्रकाशन गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here