मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन्

0
192

गायिका मेलिना राईले  केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेकाे इन्गेजमेन्ट ताेडेकाे घाेषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमा एक विषय इन्गेजमेन्ट तोडिएको जानकारी भन्दै एक लामाे स्टाटस लेखेर बराइलीसँगकाे सम्बन्धमा वैचारिक मतभेद देखिन थालेपछि ताेड्नुपरेकाे उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘एउटा  परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो बिमर्श भयो। हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन। धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’  

केही समय अगाडि उनले आफ्नो इन्गेजमेन्ट गरेको कुरा सामाजिक संजाल मार्फत नै घोषणा गरेकी थिइन्। 

बिषय – Engagement तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

उनले सबै इन्गेजमेन्टहरू विवाहमा परिणात हुन नसक्ने पनि बताएकी छन्। ‘सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यहि सामाजिक संजालमार्फत सार्वजनिक गर्दछु।’ उनले लेखेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here