केशब बैरागी माइलाको लेखनमा रहेको एक नेपाली गीतलाइ अमेरीकामा जिबिएलओ ले आयोजना गरिएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५”मा सार्वजनिक गरिएको छ ।

उक्त अनुष्ठानमा सिक्किम का र्भैूतपुर्व मन्त्री डा. पवन चाम्लिङको मुख्य आतिथ्यमा नेपाली सहित १८ भाषा समेटेर तयार पारिएको एक गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतलाइ प्रकाश तिमल्सिनाले आवाज दिएका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । नेपालीको सस्कार, सस्कृती , नेपालको इतिहास तथा नेपाल र नेपालीको पहिचान लाइ समेटिएको गीतमा नेपाली , चाइनिज , अरबिक , जर्मन , स्पानिस , इटालीयन , रसियन , बंगला , फिलिपिनो , डेनिस , पोर्तुगेस , स्विडिस , चेक , डच , जापानिज , हिन्दि र अंग्रेजी भाषा समेटिएको छ ।
गीतकार केशब बैरागी माइला लामो समय देखि अमेरीकामा बसेर नेपाली गीत लेखन एवं साहित्यीक सिर्जनामा सक्रिय रहिरहेका छन् । यस लिरिकल भिडियोलाइ THE MANAS CREATION ले हामी माझ लिएर आएको छhttps://www.youtube.com/watch?v=EQ_gTaWZtkg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here