जिन्दगी

0
1046
साहित्यकार : लक्ष्मी गौतम

✍️ लक्ष्मी गौतम

सुख खोज्दै दौडिरहे छ जिन्दगी
धन कमान अनि रमाउन दौडिरहे छ
खै !! के भनौ जिन्दगी ?

सोच र विचारले भरिएको जिन्दगी
रोगै रोगको थुप्रोमा छ , यो जिन्दगी
हिजो कहां थियो
आज कहां छ
भोलि कहां पुग्ने हो
कसै गरे पनि सुख छैन
जिन्दगी ।

त छाड र मछाडमा
दौडने जिन्दगी
खै के भनौ यो जिन्दगी !
यस्तै उस्तै भएपनि
आफैले आफैलाई बुझाउदै
दौडिरको छ जिन्दगी ।।

यो गर्छु
त्यो गर्छु
भन्दा भन्दै सकिने जिन्दगी
उकालो लागेको उमेर गन्दा गन्दै सकिने जिन्दगी
जत्ति नै दगुरे पनि पुग्नु आखिर कहा नै छ र?
के के नै गर्छु भन्दा भन्दै
बाटो खन्दा खन्दै सकिने जिन्दगी !!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here