“भूटान गजल मञ्च” तदर्थ समिति गठन

0
760

भूटानी नेपली साहित्यमा गजलको एउटा लामो इतिहास बोकेको संस्था “भूटान गजल मञ्च” धेरै समयसम्म निष्कृय अवस्थामा देखिएपछि भूटानी नेपाली साहित्यमा कलम चलाइरहेका सिर्जनशिल मनहरू मिलेर विश्व भूटानी साहित्यिक सङ्गठनद्वारा ओमाहा नेब्रास्कामा आयोजित दुई दिवसीय ‘विभूसास साहित्यिक संगोष्ठी – २०२१ मा ‘भूटान गजल मञ्च’को नयाँ तदर्थ कार्य समितिको गठन गरिएको छ।

२१ नोभेम्बर २०२१ का दिन बसेको बैठकले नेत्रप्रसाद आचार्यको संयोजकत्व र पूर्ण नर्जालीको सह-संयोजकत्वमा ११ सदस्सिय तदर्थ समितिको गठन गरेको छ। उक्त बैठकमा साहित्य परिषद् भूटानका अध्यक्ष श्री गङ्गाराम लामिटारे, विश्व भूटानी साहित्यिक सङ्गठनका संस्थापक अध्यक्ष श्री डेन्जोम साम्पाङ्, विश्व भूटानी साहित्यिक सङ्गठनका वर्तमान अध्यक्ष श्री कर्ण गुरूङ्, साहित्यकार तथा भाषाविद् डा. टंक न्यौपाने, भूटान गजल मञ्चका संस्थापक सदस्यहरू: श्री अर्जुन रसाइली, श्री जय वान्तवा, श्री पूर्ण नर्जाली लगायत धेरैको सङ्ख्यामा उपस्थिती रहेको थियो।

यो समितिको गठन गर्नका लागि हामीले भूटान गजल मञ्चका संस्थापक सदस्यहरू, हालसम्मका वैधानिक अध्यक्षहरू साथै, साहित्य लेखनमा लाग्नुभएका धेरैसँग फोन/मेसेज/मेसेन्जर लगायतका माध्यमबाट सम्पर्क गरेका थियौँ। उहाँहरू सबैको सकारात्मक टिप्पणीका कारणले, यो समितिको गठन भएको हो। बैठकले, भूटान गजल मञ्चलाई पुनर्जागरण गराउनका निम्ति निम्न व्यक्तित्वहरूलाई तदर्थ समितिका लागि चयन गरेको छ:

संयोजक: नेत्रप्रसाद आचार्य (नेत्राचार्य कौडिण्य) सह-संयोजक: पूर्ण नर्जाली सदस्य: अर्जुन रसाइली जय वान्तवा पातलो अन्तरे धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ‘दियालो’ सुसन माझी राज बराल भिम गुरूङ् शेखर कोइराला ‘चन्द्र’ आर. बि. खड्का ‘भूटान गजल मञ्च’ले नेपाली गजल उत्थानका लागि डटेर काम गर्ने अठोट लिएको छ। भूटान गजल मञ्च, यसै विज्ञप्ति मार्फत ‘भूटान गजल मञ्च’को तदर्थ समिति गठन भएको घोषणा गर्दछ।

नेपाली गजललाई माया गर्ने यहाँहरू सम्पूर्णलाई भूटान गजल मञ्च स्वागत गर्दछ। साथै, निकट भविष्यमा एउटा बृहत कार्यक्रम गरेर, त्यहाँ ‘भूटान गजल मञ्च’को निर्वाचन गरिने जानकारी गराइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here