GBLO ले विभूसास साहित्यिक संगोष्ठी आयोजना गर्दै

0
653

कात्तिक १५
विश्व भुटानी साहित्यिक संगठन(जिविएलओ) ले विभूसास साहित्यिक संगोष्ठी नेब्रास्का २०२१ नामक बृहत साहित्यिक कार्यक्रम गर्ने भएको छ । अमेरीकाको नेब्रास्कामा आगामी नोमेम्बर २० र २१ मा सम्पन्न हुने कार्यक्रमको आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
उक्त कार्यक्रम तिन चरणमा सम्पन्न गरिने जिविएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । पहिलो चरणमा कृति विमोचन, दोस्रो चरणमा साहित्यिक तथा सांगितिक साँझ र तेस्रो चरणमा साहित्यिक कार्यशाला, स्रष्टा परिचय र स्रष्टा भ्रमण कार्यक्रम राखिएको उहाँले बताउनु भयो ।
२० तारिखका दिन हुने पहिलो चरणको कार्यक्रममा ७ वटा साहित्यिक कृती साथै ३ वटा बालगितको विमोचन राखिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष गुङको कर्म, पातलो अन्तरेको अनुहार भित्रको ऐना, रेमईन आलोक र धना ज्योतीको रदिफ काफिया, अवि न्यौपानेको ईस्वरको खोजीमा म, नेत्र आचार्यको गजल संग्रह र पन्चमान गुरुङको गुरुङ संस्कृति नामक कृति विमोचन हुने छन् । त्यसैगरी कार्यक्रममा आशा नामक नाटक मञ्चन गरिने समेत जनाईएको छ ।
सोहि दिन हुने दोस्रो चरणको कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता किरण गजमेर, कलाकार दिलिप रायमाझी, गायक अर्जुन रशाईली लगायत अन्य कलाकारहरुको प्रस्तुती र रचना वाचन हुने संस्थाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । त्यसैगरी २१ तारिखका दिन भने साहित्यिक कार्यशाला, स्रष्टा परिचय र स्रष्टा भ्रमण राखिएको उहाँले बताउनु भयो । कार्यशालाबाट सहित्यलाई उचाईमा पु¥याउन छलफल हुने भन्दै अध्यक्ष गुरुङले प्राय अन्य कार्यक्रममा साहित्यकारहरु भेला भए पनि एक आपसमा परिचय हुन नपाउने र हार्दिकता हुन नपाउने देखेर यस कार्यक्रममा भने स्रष्टा परिचय र भ्रमणको कर्याक्रम पनि राखिएको बताउनु भयो । कार्यक्रममा भेला भएका स्रष्टाहरु विच आपसि परिचयात्मक कार्यक्रम गरी एउटै सवारी सधानमा बसेर आत्मियता साटासाट गर्दै बिभिन्न ठाउँमा भ्रमण पनि गराईने उहाँले बताउनु भयो ।
बरिष्ठ भाषासास्त्री तथा साहित्यकार प्राध्यापक डाक्टर टंक न्यौपानेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अमेरीकाको ५० वटै राज्यका साथै क्यानाडा लगायतका देशबाट गरि करिब १ सय भन्दा धेरै साहित्यकारहरुको जमघट हुने पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
आजको पत्रकार सम्मेलनमा जिविएलओका संस्थापक अध्यक्ष तथा सल्लाहकार डेन्जोम साम्पाङ राईले यो एउटा साहित्यिक उत्सव भएको भन्दै कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गर्नु भयो । जिविएलओली स्थापना काल देखीनै साहित्यको क्षेत्रमा नौला कार्यक्रम गर्दै आएको भन्दै उहाँले यो साहित्यिक उत्सवले पनि साहित्यमा नयाँ आयाम दिने बताउनु भयो ।
आजको पत्रकार सम्मेलको कार्यक्रम सञ्चालन भने संस्थाका बोर्ड अफ डिरेक्टर जय वान्तवाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here