वि.भू.सा.स. संगोष्ठी भब्यरूपमा सम्पन्न

0
678

मंसिर १२/
विश्व भुटानी साहित्य संगठन जिविएलओको आयोजनामा भएको वि.भू.सा.स. संगोष्ठी भब्यरूपमा सम्पन्न भएको छ । गत नोमेम्बर २० तारिखका दिन अमेरीकाको ओमाहास्थित नेब्रास्कामा “वि.भू.सा.स. साहित्यिक संगोष्ठी नेब्रास्का २०२१” नामक बृहत साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ।
आफ्नो स्थापना कालदेखी नै नेपाली भाषाको उन्नति र बिकाशका लागी लागीपरेको संस्था जिविएलओले विश्वभरी छरिएर रहेका नेपाली भाषिहरुलाई एकताको सुत्रमा उन्को लागी कार्यक्रम गरिएको अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न भए पश्चात एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष गुरुङले कार्यक्रमको पहिलो सत्रमा बिभिन्न राज्यबाट आएका श्रष्टाहरुलाई र कलाकारहरूलाई रेड कार्पेट मार्फत स्वागत गरिएको बताउनु भएको छ । अध्यक्ष गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कमल धिमालले गर्नुभएको थियो । नेपालमा पनि बिरलै हुने कार्यक्रम अमेरिकामा गरिएको भन्दै कार्यक्रमका प्रमुख अतिथि डा. टंक प्रसाद न्यौपानेले खुशी व्यक्त गर्नु भयो । परदेशमा बसेर पनि नेपालीभाषीहरुको नेपाली भाषा प्रतिको मोह देखेर आफु हर्षले गदगद भएको बताउनु भयो ।

कार्यक्रममा अन्य विशेष अतिथिहरूमा गंगाराम लामीटारे, शीवलाल दाहाल, टंक आचार्य, राज बराल, धर्मेन्द्र तिम्सिना, अर्जुन रसाईली, आर बी खड्का, पूर्ण नर्जाली, अभिनास भट्टराई, र अन्य धेरै श्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा यूनाईटेड बुद्धिस्ट गुरुङ सोसाइटी अफ अमेरीकाका (UBGOA) अध्यक्ष दुर्गा गुरुङ र युनाईटेड गुरुङ सोसाइटी अफ अमेरीका (UGSA) उपाध्यक्ष एन बी गुरुङ को पनि उपस्थिति रहेको थियो । विश्व भूटानी साहित्यिक संगठन जिविएलओ का संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले कार्यक्रम अति नै महत्वपूर्ण र फलदायक रहेको बताउनु भयो ।
बिषेश कार्यक्रमको रुपमा पातलो अन्तरेद्वारा लेखिएको “अनुहारभित्रको ऐना” कविता संग्रहको सार्वजनिकरण भएको थियो भने श्रष्टाहरू कर्ण गुरूङको “कर्म”, नेत्र आचार्यको “पैतालामा जीवन” र मिश्रित सफर”, अबि न्यौपानेको “ईश्वरको खोजीमा म”, साथै पन्चमान गुरूङको ३ वटा कृति “गुरूङ जातिको पहिचान र धर्म”, “गुरूङ संस्कार र धर्म”, “मृत्यु संस्कार” अस्ट्रेलीयामा बसोबास गर्ने रीमेन आलोक र ज्योति धनाको युगल गजल संग्रह “रदिफ-काफिया” पनि सार्वजनिकरण भएको छ ।  त्यसका साथै बालगीत विमोचन, कार्यशाला, गोष्ठी, श्रष्टा परिचय, श्रष्टा भ्रमण र सात्यिक तथा सांगितक साँझ भब्य र सभ्य रूपमा सम्पन्न भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

दोश्रो सत्रको कार्यक्रम भने विशेष साहित्यिक र सांगीतिक रहेको थियो । उक्त कार्यक्रममा विभिन्न श्रष्टाहरूको रचना वाचन र गायक यस कुमार, गायिका जुना प्रसाईं, गायक अर्जुन रसाईली, द भ्वाइस् नेपाल ३ का बिजेता किरण गजमेर ले आफ्नो प्रस्तुति राख्नु भएको थियो । स्थानीय कलाकार हरी गजमेर, ख्याम अधिकारी, कृशा गुरुङ र अन्य कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको थियो ।
जिविएलओका महासचिव पातलो अन्तरेले आफ्नो तेस्रो कृति बिमोचन हुँदै गर्दा आफ्ना माता–पीता, घरपरिवार र आफ्ना अग्रज गुरुजनलाई सम्झिँदै भावुक हुनु भएको थियो । उहाँले आफु जिविएलओ परिवार र त्यसका सदस्यहरू प्रति सँधै आभारी रहेको बताउनु भयो । कार्यक्रममा “आशा” नामक नाटक पनि मन्चन गरिएको थियो । अबी न्यौपानेको लेखन तथा निर्देशन रहेको नाटकमा पटकथा सम्बाद भने ख्याम अधिकारीले गर्नु भएको थियो ।

अध्यक्ष गुरुङद्वारा जारी बिज्ञप्तिमा कोभिड संकटका कारण लामो समयदेखी प्रत्यक्ष रुपमा भेला भएर कार्यक्रमहरु गर्न नपाईरहेको अवस्थामा अहिले संक्रमण दर घट्दै गएको र जोखिम पनि कम हुँदै गएकोले प्रत्यक्ष रुपमै सहभागी बनेर कार्यक्रम गर्न पाउँदा आफुहरु अझ उत्साहित भएको जनाईएको छ । नेपाली भाषा साहित्यलाई उजागर गर्न र प्रवर्धन गर्न यस्ता कार्यक्रमहरुले अझ धेरै योगदान दिने आफुहरुको ठहर रहेको भन्दै बिज्ञप्तिमा अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी बनि कार्यक्रमको सोभा बढाईदिएकोमा सबै प्रति आभार प्रकट गर्दै सबैलाई अन्तर ह्रदयमा राखेको बताउनु भएको छ ।
जिविबएलओले बिभिन्न समयमा नेपाली भाषा जगेर्ना गर्नको लागी र तेस्रो देशमा रहेका बालबालीकाहरुले आफ्नो मात्री भाषा नबिर्सिउन भनेर भाषा कक्षा समेत सञ्चालन गर्दै आएको छ भने बिभिन्न संगोष्ठी र साहित्यिक कार्यक्रम समेत गर्दै आएको अध्यक्ष गुरुङले बिज्ञप्तिमा जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here