एजेन्सी- बार्सिलोनाले कप्तान तथा फरवारर्ड लियोनल मेस्सीलाई गरेको बिदाइमा मेस्सी रोएपछि उनका समर्थहरु भाबुक बनेका छन् ।
बिदाइमा भाबुक हुँदै मेस्सीले आफुले क्लब छाड्न नचाहेको बताएका छन । गत बर्ष क्लब छाड्न चाहेका मेस्सीको यस बर्ष भने क्लबमै रहने इच्छा थियो ।
मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको थियो ।
मेस्सी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबै भन्दा बढी खेल खेल्ने, सबै भन्दा बढी उपाधि जित्ने र सबै भन्दा बढी खेल जित्ने खेलाडी हुन् ।
उनले बार्सिलोनाका लगि खेलेको ७ सय ७८ खेलमा ६ सय ७१ गोल गरेका थिए । उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरेका थिए । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जितेको थियो जसमा चार च्याम्पियन्सका लिग, १० ला लिगा र ३ क्लब विश्वकप छन् ।
बर्सिलोनाको कुल आम्दानीको एक तिहाइ मेस्सीकै कारण भित्रिने गरेको छ । मेस्सीका कारण बार्सिलोनाले प्रायोजक र जर्सि विक्रीबाट राम्रो आम्दानी गर्दै आएको थियो ।
मेस्सीकै कारण टिकट काटेर रंगशाला पुग्नेहरुको ठूलो संख्या रहेको छ । बार्सिलोनाले प्रत्येक वर्ष ३० करोड युरो मेस्सीकै नाम बेचेर कमाइरहेको थियो । मेस्सीविना बार्सिलोनाको आम्दानी घट्ने आकलन गरिएको छ ।