‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई

0
735

काठमाडौँ- गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् । झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

टप-४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् ।

को हुन्न किरण ?

पिता भुटानबाट लेखेटिएर आफ्नो मुलथलोमा शरणलिन आएपछि उनी आफ्नै मातृभुमिमा बिरानो भएर शरणार्थी अर्थात अनागरिक हुनुपर्‍यो । झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मेर १४ बर्ष दुख कष्ट झेल्दै उनले शरणार्थी जिवन बिताएका थिए ।

सन् २००५ मा किरणको स्वरमा पहिलो पटक बाल गीत रेकर्ड भएको थियो । भुटानी शरणार्थी बाल मञ्चनामक संस्थाले बालगीत रेकर्ड गराइदिदा खुदुनाबारीबाट किरण छानिएका थिए । आफ्नो गायिकीमार्फत् धेरैको मन जित्न सफल भएपछि उनले म्युजिक भिडियो ’किन मायामा’ सार्वजनिक गरेका थिए ।

अमेरिकाले शरणार्थीलाई संरक्षण दिने भएपछि किरणको परिवार अमेरिका पुगेको थियो । मेडिकलका बिद्यार्थी भएपनि उनले गायनलाई कहिले छाडेनन् ।

‘राधा, साढे ७’ नामक चलचित्रमा पनि उनले गाना गाइसकेका छन् । यस्तै ‘इमेज अवार्ड, कालिका एफएम अवार्ड’ लगायतका चर्चित अवार्डले उनलाई कसी लगाउने काम गर्‍यो । नेपालबाट भूटान फेरि नेपाल हुँदै अमेरिका पुगे पनि भ्वाइस अफ नेपालबाट नेपाली संगितलाई जगेर्ना गर्ने अवसर पाएको उनको भनाइ छ ।

अमेरिकाले भौतिक सुख–सयल दिए पनि असली चिनारी नेपालबाटै पाएको प्रति उनी हर्षित छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here