भुटानी शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता

0
374

साउन ३१/
तेस्रो देश पुनर्वास भएका भुटानीले झापा र मोरङमा बसोबास गर्ने भुटानी शरणार्थीलाई मासिक भत्ता दिन थालेका छन् । अमेरिकामा रहेका भुटानीले झापाको बेलडाँगी र मोरङको पथरी शनिस्चरे शरणार्थी शिवरमा बसोबास गर्ने शरणार्थीलाई मासिक भत्ता दिन थालेका हुन् ।
दुवै शिविरका ८० बर्षमाथि तथा असक्त, असहाय वृद्धवृद्धालाई मासिक रुपमा वृद्ध भत्ता वितरण गर्न थालिएको हो । तेस्रो मुलुक पुनर्वासअन्तर्गत अमेरिका गएका पूर्व शिविर सचिव डिल्लीराम अधिकारीले अमेरिकामा सञ्चालन गरेको इन्ट्रा नेशनल होम केयर एण्ड सपोर्ट फाउण्डेशनले शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता वितरण थालेको हो ।
फाउण्डेशनले मासिक ५ हजार नगदका दरले भत्ता वितरण गर्न थालेको हो । फाउण्डेशनले साउन महिनाको भत्ता दुई दिनअघि आफ्नो टिमलाई शरणार्थी शिविरमै पठाएर वितरण गरेको छ ।
फाउण्डेशनका नेपाल प्रमुख नेपाली चलचित्रका अभिनेता दिलिप रायमाझीसहितको टोलीले शिविरमा आएर वृद्धवृद्धालाई भत्ता वितरण गरेको हो । फाउण्डेशनले बेलडाँगीका ८० र पथरीका २७ जना वृद्धवृद्धालाई भत्ता वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here