खाद्य कार्यक्रम रोकिएपछि सकसमा भुटानी शरणार्थी (भिडियोसहित)

0
681

झापा- दुई वर्षदेखि विश्व खाद्य कार्यक्रमबाट सहयोग बन्द भएपछि झापामा रहेका भुटानी शरणार्थीहरु समस्यामा परेका छन् ।

खाद्यान्न नै पर्याप्त नभएर समस्या झेलिरहेका उनीहरुलाई कोरोना भाइरसको महामारीको त्रासले अझ बढी सताएको छ ।झापाको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा कोरोना संक्रमित बढेसँगै उनीहरुको जीवन थप जटिल बनेको छ। करिब ५ हजार शरणार्थी रहेको बेलडाँगी शिविर यतिबेला पुनर्वासमा अमेरिका, अष्ट्रेलिया, क्यानेडालगायतका देशमा रहेका शिविरका भूतपुर्व विद्यार्थीहरूको सहयोगको भरमा छ ।

यस शिविरमा सन् २०१९ देखि विश्व खाद्य कार्यक्रमले सहयोग बन्द गरेको छ । दाताको भर छुटेसँगै कोरोना भाइरसले जीवन थप सकसपूर्ण बनाएको शरणार्थीहरुको भनाइ छ ।

अझ कोरोना संक्रमणका समयमा ज्याला मजदुरी गरेर खानेहरु थप मारमा परेका छन् । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको आर्थिक अभावले अस्पतालबाट शवलाई व्यवस्थापनमा समेत कठिनाइ झेल्नु परेको छ ।

बेलडागी शिविरमा अहिले ९० जना शरणार्थी कोरोना संक्रमीत रहेका छन् । एक त आर्थिक संकट त्यसमा पनि कोरोना संक्रमण बढेपछि संक्रमितका लागि आवश्यक सन्तुलित भोजनको अभाव भएको उनीहरुको गुनासो छ ।

पछिल्लो लकडाउन पश्चात ठप्प भएको बालबालिकाको पठनपाठन कुनै पनि वैकल्पिक तरिकाले सञ्चालन गर्न पनि नसकिएको शिक्षक पुर्ण गुरुङले बताए ।

शरणार्थी शिविर सहयोगी हातको पर्खाइमा रहेको बताउँदै गुरूङले भने, ‘विश्व खाद्य कार्यक्रमले सहयोगीको रुप हात झिकेपछि आत्मनिर्भर कसरी हुने भन्ने चिन्ताले सताउन थालेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here