जसपा विवाद : यादव पक्षलाई आधिकारिकता

0
655

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादब पक्षलाई दिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर गरेको सनाखतमा यादब पक्षमा बहुमत देखिएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर पाएसँगै उनैलाई आयोगले आधिकारिक मानेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका हुन् ।

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए ।

फैसलामा अल्पमतमा परेको ठाकुर पक्षलाई कानुन अनुसार  नयाँ नामको पार्टी गठन गर्न भनिएको छ । आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाए पनि महन्थ ठाकुर पक्षका सांसदहरुको पद खारेज हुने नहुनेबारे भने केही बोलेको छैन ।

यो विषय सम्बन्धित राजनीतिक दल र संसद सचिवालयको क्षेत्राधिकारमा पर्ने भएकाले यसबारे आयोग मौन बसेको हो । ठाकुर पक्ष भने आयोगको यो निर्णयविरूद्ध पनि सर्वोच्च अदालतमा जाने भएको छ । तर त्यसअघि साउन १५ मा अदालतले दिने फैसला कुर्ने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here