टोकियो ओलम्पिकको भव्य उद्घाटन (फोटो फिचर)

0
411

काठमाडौँ- ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक उद्घाटनमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोके ।

मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडी सहभागी छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here