जनप्रतिनिधिका खेतमा बालश्रम (भिडियोसहित)

0
475

सप्तरी- सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई जनप्रतिनिधिको व्यक्तिगत काममा लगाइएको पाइएको छ ।

अझ रोजगार कार्यक्रममा स-साना बालबालिकाको प्रयोग गरिएपछि बिवाद बढेको छ । सप्तरीको सप्तकोशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरुले आफ्नो नाममा बालबालिकाहरुबाट काम गराउने गरेको पाइएको हो ।

नगरले तोकेका वास्तविक श्रमिक फिल्डमा नगएर अन्यबाट काम गराएको स्वयं श्रमिकले स्वीकार गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबारे स्थानियमा चरम असन्तुष्टि देखिन्छ ।

रोजगारीका नाममा आएको बजेट प्रभावकारी रुपमा सदुपयोग हुन नसकेको स्थानियको आरोप छ । अझ १५ बर्ष मुनिका बालबालबालिकाले स्वयं वडाध्यक्षकै अगाडी नियमित तातोघाममा हप्तौसम्म काम गरेको स्वीकार गरेका छन् ।

वडाध्यक्ष चौधरीले आफ्नो खेतमा काम लगाएको स्वीकार गरेपनि मजदुरलाई व्यक्तिरुपमा पारिश्रमीक दिएको बताएका छन् । तर, वडाध्यक्ष कै अगाडी श्रमिकले प्रतिकार गरेपछि समस्या सतहमा आएको हो । उता नगरका मेयर उत्तम कुमार शर्माले छानबिन गरेर कारवाही गरिने बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here