कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने डब्ल्युएचओको प्रस्ताव चीनद्वारा अस्वीकार  

0
442
तस्वीर : रोयटर्स

काठमाडौँ- कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को प्रस्ताव चीनले खारेज गरेको छ ।

कोरोनाको उत्पत्तिबारेको थप अनुसन्धान विषय राजनीतिक उद्देश्यबाट प्रेरित भई आएको दाबी चीनले त्यसलाई अस्वीकार गरेको हो ।

चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले प्राकृतिकरूपमा कोरोना उत्पत्ति भएको दाबी गर्दै त्यसलाई चुनौती दिने गरि आउने प्रस्ताव चीनले स्वीकार्न नसक्ने बताएका छन् ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए।

तर त्यसको जवाफमा चीनका उपस्वास्थ्यमन्त्री जङले उक्त प्रस्तावले “सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान” गरेको टिप्पणी गरेका छन्।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारेको छ । महामारीबाट ४१ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ भने १९ करोड ३४ लाखभन्दा धेरै संक्रमित भएका छन् ।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीबाट भाइरस बाहिर निस्किएर संसार आक्रान्त भएकाले चीनले त्यसको सजाय पाउनु पर्ने अमेरिकासहितका कयौँ मुलुकले बताउँदै आएका छन् । तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

डब्ल्युएचओका एउटा विज्ञ टोलीले गत वर्ष ज्यानुअरीमा गरेको अनुसन्धान रिपोर्टमा प्रयोगशालाबाट चुहिएर भाइरस फैलिएको हुन सक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो। तर अमेरिकासहितका कयौँ मुलुकले यसको विस्तृतमा अनुसन्धान हुनुपर्ने दबाब दिँदै आएका छन् ।

केही महिनाअघि एक अमेरिकी गुप्तचर निकायले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टमा वुहान इन्स्टिट्यूट अफ भाइरलजीमा काम गर्ने केही कर्मचारी संक्रमित भएको दाबी गरिएको थियो । ती कर्मचारीहरु महामारी फैलन भन्दा केही दिनअघि मात्रै बिरामी परेको दाबीसहितको विवरण सार्वजनिक भएपछि भाइरसको उत्पत्ति प्राकृतिक नभएको भन्दै चीनमाथि थप शंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here