‘छोटो समयमा धेरै बस्तु स्मरण’ मा झापाका शर्माले बनाए विश्व कीर्तिमान (भिडियोसहित)

0
801

झापा- झापाका युवा अर्पण शर्माले ‘छोटो समयमा धेरै बस्तुको स्मरण’ मा नयाँ कीर्तिमान बनाएका छन् ।

‘मेमोरी किङ्ग’ बाट समेत परिचित शर्माले कायम गरेको सफलतालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताको प्रकिया अघि बढाइएको छ ।

भद्रपुरस्थित बीरेन्द्र नमुना मा.वि.मा आयोजित कार्यक्रममा शर्माले १ मिनटमा ८३ वटा वस्तुको क्रमसंख्या स्मरण गरेर नयाँ रेकर्ड बनाएका हुन् ।

कार्यक्रमको भिडियो रेकर्ड बेलायतस्थित गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाइएको छ । यसअघि सन २०१९ मा भारतका सागर भूचीले १ मिनेटमा ५२ वस्तुको स्मरण गरेर अर्पण शर्माको ४२ शब्दको रेकर्ड तोडेका थिए ।

शर्माले फेरि कीर्तिमान आफ्नो नाममा लेखाउन प्रक्रिया अघि बढाएका हुन् । शर्माले २ मिनेटमा १ सय ६४ रडको क्रम स्मरण गर्ने तयारी रहेको बताएका छन् ।

गिनिज बुकमा नाम लेखाएका युवा प्रतिभा शर्मालाई  नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

शर्माको मेमोरी टेक्निकहरुबाट हजारौं विद्यार्थीहरुले पढाईमा सफलता पाएका छन् ।  आगामी योजना अन्तर्गत पानी मुनि गएर दुई बुक तास याद गर्ने र एक लाख पाई डिजिटहरु याद गर्ने तयारी रहेको शर्माले बताएका छन् ।

ग्लोबल पोष्ट इन्फो डट यूएसले तयार पारेको यो भिडियो हेरौँ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here