प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

0
530

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधिसभाबाट  विश्वासको मत प्राप्त गरेका हुन् ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए ।  केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

देउवाले विश्वासको मत पाएसँगै अब प्रतिनिधिसभा पूरा कार्यकाल रहने भएको छ । संविधानको धारा ७६-५ बमोजिमको प्रधानमन्त्री भएकाले अब उनले नै बाँकी १७ महिनाको कार्यकाल पूरा गरेर निर्वाचन गराउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here