एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा

0
465

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

आज सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ, “अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर हुने भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।”

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक बनेका उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका हुन् ।

उनले पछिल्लो समयममा प्रतिनिधिसभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म उच्च राजनीतिक नेतृत्व तहमा जनताको हितभन्दा निजी स्वार्थ देखिएको आरोपसमेत लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here