काठमाडौँ- इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफमा इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् । अन्ततः खेल इटालीले जित्यो । जितसँगै इटालीले लगातार ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।