बार्सिलोनासँग अनुबन्ध सकिएका मेस्सी कुन क्लव जालान् ?

0
296

काठमाडौँ- अर्जेन्टेनी स्टार लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अवधि पूरा भएको छ ।

कोच र क्लव ब्यवस्थापनसँग चर्को मतभेदपछि गत वर्ष नै बार्सिलोना छाड्न खोजेका मेस्सी अब नयाँ क्लवमा जान्छन् या बार्सिलोनामा नै बस्छन् केही खुलाएका छैनन् ।

बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरात सकिएको हो ।  इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेस्सीलाई भित्राउन खोजेको चर्चा छ । तर यसको ठोस निर्णय भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here