बेल्जियम युरोकपको क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल पराजित

0
487

काठमाडौँ- साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले ४२औँ मिनेटमा निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here