महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

0
631
तस्वीर : पीए मिडिया

काठमाडौँ- कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।

कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै उनले केही समयअघि एक महिला सहयोगीलाई अँगालो हालेर चुम्बन गरेका थिए । लगत्तै उनको चर्को आलोचना भएको थियो ।

उनले अँगालो हालेको र चुम्बन गरेको तस्वीर द सन पत्रिकाले शुक्रबार छापेको थियो । अरूलाई मात्रै मापदण्ड मन्त्रीलाई नियम नलाग्ने भन्दै उनको चर्को आलोचना भएको थियो । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here