इथियोपियामा सरकारी फौजको हवाइ हमला,  ६० सर्वसाधारणको मृत्यु

0
415
तस्वीर : एपी

काठमाडौँ- इथियोपियाको टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।

दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : स्काई न्यूज

राजधानी मिकाइलीबाट २५ किलोमिटरको दूरीमा रहेको टिग्रोस्थित टोगोगा बजारमा आक्रमण भएको हो । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् । आक्रमणस्थलमा फसेका मानिसको उद्धारमा समेत सेनाले रोकतोक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाइ ‘आतङ्कवादी’हरूलाई निष्क्रिय पार्न हमला गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here