रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल यरोकपको नकआउटमा, फ्रान्स बराबरीमा रोकियो

0
269

काठमाडौँ- कप्तान क्रिष्टियानो रोनाल्डको दुई गोल मद्दतमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा पुगेको छ ।

यसअघि नै नकआउटमा पुगिसकेको फ्रान्स भने समूह विजेता बनेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । अब फ्रान्सले अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।

पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here