१० सन्तान जन्माएको भनिएको अफ्रिकी महिला गर्भवती नै नरहेको खुलासा

0
439
तस्वीर : एएनए

काठमाडौँ- दक्षिण अफ्रिकाकी एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचार झुटो ठहरिएको छ ।

दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा एकै पटक १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ ।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको खुलेको छ । जबकी उनले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबीसहितका समाचार सार्वजनिक भएका थिए ।

ती ३७ वर्षीया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानून अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here