युरोकपमा समूह चरणका खेल सम्पन्न, शनिबारदेखि अन्तिम १६ का खेल

0
572

एजेन्सी- युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो ।

बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलबाट स्पेन, स्वीडेन, पोर्चुगल र जर्मनीले अन्तिम १६ मा स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यसपटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्  । नकआउट चरणका खेल शनिबार शुरु हुनेछन् ।

अन्तिम १६ मा कसको भिडन्त को सँग ?

वेल्सविरुद्ध डेनमार्क

इटालीविरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक

बेल्जियमविरुद्ध पोर्चुगल

क्रोएसियाविरुद्ध स्पेन

फ्रान्सविरुद्ध स्वीट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्वीडेनविरुद्ध युक्रेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here