अमेरिकामा मतदानमा सुधार गर्ने विधेयक सिनेटबाट अस्वीकृत

0
309
तस्वीर : रोयटर्स

काठमाडौँ- अमेरिकाको चुनावमा सुधार गर्नेसम्बन्धीको विधेयक माथिल्लो सदन सिनेटबाट असफल भएको छ ।

राष्ट्रपति जो बाइडनले प्राथमिकासाथ उठाउँदै आएको चुनावमा सुधारको विषय समेटर बनाइएको विधेयकलाई अमेरिकी रिपब्लिकनहरूले विफल बनाइदिएका छन् ।

हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक पक्ष र विपक्षमा समान ५०-५० मत खसेपछि विफल भएको हो । मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानूनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ । तर माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०-५० रहँदा सहजै नयाँ बिधेयक पास हुने सम्भावना कम छ।

बाइडनले यसलाई ‘राष्ट्रपतीय कार्यकालको लडाइँ’ भएको बताएका छन् । डेमोक्र्याट्सहरूले बाइडेनलाई पर्याप्त मेहनत नगरिकन हतारमा विधेयक ल्याएको आरोप पनि लगाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको ‘फर द पिपुल एक्ट’ लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिए पनि पारित भएको थियो । त्यसबेला विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए ।

नयाँ चुनावी विधेयकमा चुनावी अभियानमा दिइएका चन्दासहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने सुनिश्चित गर्न खोजिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here