हंगेरीसँग बराबरीमा रोकिएको जर्मनी युरोकपको नकआउटमा

0
270

काठमाडौँ- हंगेरीसँग बराबरीमा रोकिएको जर्मनी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

एलिनाज स्टेडियममा बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

खेलको ११औँ मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए पनि ६६औँ मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए ।

६८औँ मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए  । ८४औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउँदै हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । जर्मनीले अब अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्नेछ । हंगेरी भने समूह चरणबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here