युरोकपमा आज चार खेल, क-कसको भिडन्त ?

0
449

काठमाडौँ-  युरोकप फुटबलमा आज चार खेल हुँदैछन् ।

आज समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेल हुनेछन् ।  समूह ‘ई’ मा रहेको स्पेन र स्लोभाकिया, स्वीडेन र पोल्याण्ड तथा समूह एफका फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीबीच खेल हुँदैछन् ।

सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे हुनेछ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा स्वीडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे हुनेछ । स्वीडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्वीडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्वीडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहान्छ ।

पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२:४५ बजे हुनेछ । पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२:४५ बजे हुनेछ । जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

आजको खेलको छिनोफानोसँगै युरोकपमा नकआउट पुग्ने १६ टिमको टुंगो लाग्नेछ । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here