हवाई उडान खुलाउने सरकारको निर्णय (मन्त्रिपरिषदको निर्णसहित)

0
433
तस्वीरः रासस

काठमाडौँ– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार  आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो । अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ-इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ-कुवेतमा साताको दुई, काठमाडौँ-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान हुनेछ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरी सेवा खुला गरिएको छ ।

हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ ।

हेर्नुहोस् निर्णय

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here