गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

0
339
kf]v/f, @( h]7 . u08sL k|b]zsf gjlgo'Qm d'VodGqL s[i0frGb| g]kfnL kf]v/]nnfO{ kb tyf uf]kgLotfsf] ;ky u|x0fkl5 . t:jL/ M /flwsf sF8]n, /f;;

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गरे । बैठकमा ५८ सदस्य उपस्थित थिए ।

मुख्यमन्त्रीलाई उनको दल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई/दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गरेका थिए ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार शुक्रबार मत लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन असफल भएको खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था थिए ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उनले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here