नेदरल्यान्ड्स लगातार दुई जित निकाल्दै नकआउटमा

0
319

एजेन्सी- नेदरल्यान्ड्सले १६औँ संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितसहित नकआउटमा पुगेको हो ।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे  ।

अष्ट्रियाको यो पहिलो हार हो । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here