कोपा अमेरिका कपमा ब्राजिलको लगातार दोस्रो जित

0
428

एजेन्सी- ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे ।

जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here