डेनमार्कलाई पराजित गर्दै बेल्जियम युरोकपको नकआउटमा

0
671

एजेन्सी- डेनमार्कलाई हराउँदै बेल्जियम १६औँ संस्करणको युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कविरूद्ध बेल्जियमले पुनरागमन जित निकाल्दै नकआउटमा पुगेको हो । नकआउटमा पुगेको बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गरेको छ ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए ।

तर,  ब्रुएनको उत्कृष्ट प्रदर्शनमा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो । खेलको ५५औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनको पासमा गोल गरे ।

७१औँ मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् । लगातार दोस्रो हार बेहोरेको डेनमार्कको नकआउट पुग्ने सम्भावना लगभग सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here