युरोकपमा युक्रेनको पहिलो जित

0
456

एजेन्सी- युरोपका विभिन्न ११ शहरमा जारी युरोकप फुटबलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ ।

रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए ।

यस जितसँगै समूह ‘सी’  मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here