जि .बि .एल .ओ. ले गर्‍यो बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन

आज नयाँ पुस्तामा नेपाली भाषा हस्तान्तरण हुन नसकिरहेको परिप्रेक्ष्यलाई नियाल्दा भाषा लोप हुने सम्भावनाको सङ्केत

0
997
कार्यक्रममा उपस्थित सहभागीहरू

Jan. 24, 2021 | By – Denzome
नेपाली भाषा औपचारिकरूपमा पठनपाठन नहुने देशहरुमा बसोबास गर्ने नेपाली मूलका बालबालिकालाई लक्षित गरि विश्व भूटानी साहित्यिक संघठनद्वारा आगामी साता देखि सञ्चालन हुन लागेको अनलाइन बाल नेपाली भाषा कक्षाको उद्घाटन समारोह आज एक भर्चुअल कार्यक्रम मार्फत सम्पन्न भएको छ । कार्यक्रम जि .बि .एल .ओ अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रम, विशेषगरी नेपाली भाषा बालबालिकालाई पठनपाठन किन आवश्यक भन्ने विषयमा विशेष केन्द्रित थियो | आज नयाँ पुस्तामा नेपाली भाषा हस्तान्तरण हुन नसकिरहेको परिप्रेक्ष्यलाई नियाल्दा भाषा लोप हुने सम्भावनाको सङ्केत प्रस्ट देखिएकोले बाल नेपाली भाषा कक्षा सञ्चालन अत्यन्तै आवश्यक भएको सन्देश कार्यक्रमबाट प्रवाह भएको थियो |

आज नयाँ पुस्तामा नेपाली भाषा हस्तान्तरण हुन नसकिरहेको परिप्रेक्ष्यलाई नियाल्दा भाषा लोप हुने सम्भावनाको सङ्केत प्रस्ट देखिएकोले बाल नेपाली भाषा कक्षा सञ्चालन अत्यन्तै आवश्यक भएको सन्देश कार्यक्रमबाट प्रवाह भएको थियो |

थुप्रै समाज सेवी तथा साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , प्रोफेसर डा. भिम खतिवडा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ, डी.बि. राई, डेन्जोम, संचामान राई, कमल धिमाल लगायत अन्य अतिथिहरूले नेपाली भाषा प्रतिको मोह र आवश्यकता बारे छोटो सान्दर्भिक मन्तव्य राख्नु भएको थियो । त्यसैगरी केही उपस्थित अथितिहरुको नाम राख्नु पर्दा, भाषा परिषद् भूटानका अध्यक्ष गंगाराम लामीटारे, वरिष्ट पत्रकार भक्त घिमिरे, गीतकार हरि सुबेदी, समाज सेवी भानु ढुंगाना, समाज सेवी कुमार गुरुङ, कबि खगेन्द्र जन्तरे, डा. लक्ष्मीनारायण ढकाल  गोविन्कृद सुबेदी, कृष्ण रेग्मी, सोम नाथ ढकाल र अन्य धेरै उपस्थित थिए |

वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणाले भने –“आज हामी यसरी जोडिनुमा पनि नेपाली भाषाकै कारण हो | यसले हामीलाई हामी एकै हौं भन्ने पहिचान दिन्छ” | मन्तब्यको क्रममा उहाँले थप्नुभयो कि अमेरिकामा हामीलाई आफ्नो भाषा संस्कृतिको विकास, प्रवद्धन तथा पठनपाठन गर्न यहाँको कानुनले पनि सहज तुल्याएकोले हामीलाई यस विषयमा कार्य गर्न निक्कै सजिलो छ |

कार्यक्रममा उपस्थित सहभागीहरू

बालबालिकालाई समयानुसार उनीहरुलाई रुचिकार हुने किसिमले वैज्ञानिक पद्दति अपनाउदै कक्षा सञ्चालन गर्न सके मात्र यो नेपाली भाषा पठनपाठनको कार्यले मूर्तरुप लिने धारणा धेरै वक्ताहरूले राखेका थिए | डा. मुध माधुर्यले भने – “यो कार्य लोकल देखिए पनि यसको असर ग्लोबल हुन्छ | त्यसैले यो महत्वपूर्ण कार्य हो, यसलाई हामी सबैले एक भएर लाग्नु पर्छ” | त्यसैगरी प्रो. डा. भीम खतिवडाले निक्कै भावुक भएर आत्मिक मन्तब्य राखे | उनले भने – “बुबाको औंला समाएर बालापनमा एक समय भूटान पुगेको हुँ, धेरै कुरा थाहा छैन तर नेपाली भाषी हुनुको कारण माया छ | नेपाली भाषा प्रतिको यहाँहरूको मोह, लगानी र योगदानको मेरो उच्च सम्मान छ” | र थप बोल्दै, उहाँले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो | विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष, कार्यक्रमका प्रमुख अथिति सुरेन्द्र लिम्बु परदेशीले नेपाली भाषा पठनपाठनको महत्व जनाउदै जि .बि .एल .ओ ले चालेको यो कदमलाई सक्दो सहयोगी हात फैलाउने बचनबद्धता व्यक्त गर्दै सबैमा आभार र धन्यवाद प्रकट गरे |

बालबालिकालाई समयानुसार उनीहरुलाई रुचिकार हुने किसिमले वैज्ञानिक पद्दति अपनाउदै कक्षा सञ्चालन गर्न सके मात्र यो नेपाली भाषा पठनपाठनको कार्यले मूर्तरुप लिने धारणा धेरै वक्ताहरूले राखेका थिए |

कबि द्वय यदु अधिकारी र लक्की रासीका सृजना वाचनले कार्यक्रमलाई पट्यार मुक्त गर्नु गर्नुको साथै साहित्यिक माहौल सिर्जना गरेको थियो | कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरूले केही  मौलिक गीत तथा भजन गाएका थियो ।  आइतबार  देखि कक्षा सञ्चालन हुनेगरी आवश्यक सामाग्रीहरूको पनि जोहो भइसकेको र अभिभावकहरूलाई आफ्ना नानीहरूको फाराम भरिदिन हुन् संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषण गर्नु भयो ।देवी राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here