नेपालमा कोरोना : ६६ प्रतिशत संक्रमित उपचारपछि निको

0
564

काठमाडौं – नेपालमा कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

शनिबारसम्म संक्रमण देखिएका १७ हजार ५०२ जनामध्ये  ११ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन् । योसँगै सक्रिय कोरोना संक्रमित अर्थात उपचारारतको संख्या ५ हजार ८२५ मा झरेको छ ।

यसैबीच शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here