चीनले पनि लगायो अमेरिकी उच्च अधिकारीलाई प्रतिबन्ध

0
463
तस्वीर : रोयटर्स

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीका केही उच्च नेतालाई अमेरिकाले प्रतिबन्ध लगाएको एक साता नबित्दै चीनले पनि अमेरिकी उच्च अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहितका केही अधिकारीहरुलाई चीनले प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएकोसमेत प्रतिक्रिया दिएकी छन् ।

अमेरिकाले कोरोना महामारीका अलवा, चीनमा अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि भइरहेको दमन तथा तिब्बत र हङकङको विषयमा हस्तक्षेप गर्न खोजेको भन्दै चीनले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी पनि दिदै आएको छ ।

गत शुक्रबार अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई प्रतिबन्ध लगाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here