अमेरिकाको फ्लोरिडामा एकै दिन १५ हजार २९९ संक्रमित, कोरोनाको नयाँ इपिसेन्टर बन्ने खतरा 

0
841

काठमाडौं-  अमेरिकाको फ्लोरिडा राज्य कोरोना भाइरसको नयाँ  इपिसेन्टर बन्ने खतरा बढेको छ ।

फ्लोरिडामा एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अमेरिकाभर पछिल्लो २४ घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या रहेको फ्लोरिडामा यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको छ।

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणमा उल्लेख छ ।फ्लोरिडामै पछिल्लो २४ घण्टामा थप ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड-१९ ले मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५८ हजार २९० जना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here