नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरियो दीपकराज गिरीको गुनासो (भिडियोसहित)

0
2152

काठमाडौं – महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले गुनासो गरेका छन् ।

आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत गिरीले राजेश हमालका विषयमा भएको टिप्पणीपछि दिपाश्रीले माफी माग्दा पनि अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् । महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा ७५ प्रतिशत फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ ।

राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here