कोरोना संक्रमित बढेपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध

0
450

काठमाडौं –  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताएका छन् ।दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका लागि सहयोगी हुने भन्दै यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

कोरोना संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु तथा २ लाख ७६ हजारभन्दा बढी संक्रमित पुगेपछि दक्षिण अफ्रिकाले रातको समयमा कर्फ्यू पनि सुरू गरेको छ । यस्तै घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम पनि कार्यान्वयनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here