रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार

0
507

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको बोर्नमाउथले लेस्टर सिटीमाथि शानदार जीत हात पारेको छ ।

शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बोर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको छ ।

भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बोर्नमाउथको जीतमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।खेलको २३औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो ।

६६औं मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसलगत्तै नैसेन्टरब्याक काग्लर सायोन्कु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो ।

८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि लेस्टरको जीत निश्चित बनेको थियो । ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लेस्टरलाई ४–१ को नमिठो हार चखाए ।

जीतसँगै बोर्नमाउथ ३५ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ । बर्नमाउथ भने रेलिगेसन जोनमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here