नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

0
516

५ असार, काठमाडौं । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका हुन्सँ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

शुक्रबारसम्म  देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

विहिबार मात्रै २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here