घृणा फैलाएको आरोपमा फेसबुकले हटायो ट्रम्पको चुनावी पोष्ट

0
1286
तस्वीर - गेट्टी इमेज

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ ।

नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार फेसबुकले हटाएको हो । उक्त प्रचार सामग्रीले घृणा फैलाउन खोजेकाले हटाइएको फेसबुकले प्रष्ट्याएको छ ।

ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ ।

तर ट्रम्पको चुनावी अभियानका पक्षधरहरूले भने फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here