नेपालीको प्रतिरोधी क्षमता राम्रो भएकाले कोरोनाबाट कम मृत्यु भयो : प्रधानमन्त्री ओली

0
369

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कोरोनाबाट कम मृत्यु भएको दाबी गरेका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको र सबैको मृत्यु कोरोनाकै कारण मात्र नभएको दाबी गरे ।

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिए कोरोनाकै मृत्यु मान्नुपर्ने डब्ल्युएचओको मापदण्डले नेपालमा मृतक बढेको जस्तो भएको उनको दाबी छ ।

कोरोनाले मानिसलाई मानसिक र आर्थिक तनाव पनि दिएको बताउँदै उनले आफैँ पनि आर्थिक समस्या झेलेर आएकाले गिटी कुट्नेसम्मको समस्या बुझेको बताए ।

‘अहिलेको प्रधानमन्त्रीले शहर पनि देखेको छ गाउँ पनि देखेको छ सुगम पनि देखेको छ दुर्गम पनि देखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ गिटी कुट्ने, भारी बोक्नेका समस्याहरू देखि दैनिक रोजगारी गरेर गुजारा गर्नुपर्नेका समस्या पनि अहिलेको प्रधानमन्त्रीले बुझेको छ ।’

त्यसैले यो सरकारले कोभिड १९ आउनुभन्दा अगाडी देखि नै ‘नेपालमा कोही भोकै पर्दैन भोकले मर्न दिदैन’ दिदैन भन्ने नारा दिएको र सोही अनुरूप काम गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here