लद्दाखमा चीन र भारतका सैनिकबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

0
436
सांकेतिक तस्वीर

काठमाडौं – लद्दाखको सीमा विवादका कारण चीन र भारतका सैनिक भिडन्तमा उत्रिएका छन् ।

सोमबार राति भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । उक्त भिडन्तमा ३ भारतीय सैनिक मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। भारतीय सेनाले उक्त भीडन्तमा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ। चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न चेतावनी पनि दिएको रोयटर्सले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here