नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

0
735
तस्वीर : रोयटर्स

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय नाघेको छ ।

एकै दिन थप  जनामा संक्रमण पुष्टि भएसँगै सोमबार नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षणका क्रममा ४५१ थपिएका हुन् ।

यस्तै सोमबारसम्म १ हजार ४१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप  ६७ जना जना उपचारपछि घर फर्किएका छन् । योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार १५१रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here