नेपालमा कोरोना : १९ को मृत्यु, संक्रमित ५७ सय ६०

0
465

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या ५७ सय नाघेको छ ।

आइतबार एकै दिन थप ४२५ जनामा संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या ५ हजार ७६०पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित स्वास्थ्य अपडेटमा जानकारी दिएका हुन । यस्तै संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

गुल्मीका एक युवाको पनि मृत्यु भएपछि मृतक संख्या १९ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनामा गरिएको परीक्षणमा उक्त संख्याका संक्रमित थपिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा ५५ जना पुरूष र ६ जना महिला छन्। योसँगै अहिलेसम्म ९७४ जना संक्रमणमुक्त भएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here