नेपालमा कोरोना : १५ जनाको मृत्यु, ४ हजारभन्दा बढी संक्रमित

0
452
तस्वीर : रासस

२७ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै मृतक संख्या १५ पुगेको हो ।

चितवनका भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उपचारका क्रममा उनको मंगलबार बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, डोल्पा, स्याङ्जा, सुर्खेत र कैलालीमा एक/एक जनाको मृत्यु भएको थियो ।

४ हजारभन्दा बढी संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको नियमित अपडेटमा मंगलबार प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार थप ३२३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४०८५ पुगेको छ । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ५८४ पुगेको छ । डा.गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २ सय ९२ पुरुष र ३१ जना महिला रहेका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३५३ जनाको पीसीआर परीक्षण गरिएको छ भने ९ हजार १६७ जनाको आरडीटी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here