नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

0
649
तस्वीर : रोयटर्स

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

सोमबार एकैदिन थप ३१४ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिलेसम्म पीसीआर र आरडीटी गरि २ लाख ५७ हजार ९६२ जनाको स्वाब परीक्षण गरिएको र पछिल्लो २४ घण्टामा गरिएको १६ हजार ७०८ जनाको परीक्षणमा ३१४ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४ हजार ७६६ पीसीआर परीक्षण र ११ हजार ९४२ जनाको आरडीटी गरिएको थियो । डा.गौतमका अनुसार सोमबार अपराह्नसम्म ४८८ जना निको भएर घर फर्किएका छन् भने ३२ सय ६० जनाको उपचार भइरहेको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । यस्तै क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ६६ हजार ६६८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here